हत्यारालाई कारवाहीको ग्यारेन्टी भए मात्रै शव उठाउन दिइने संघले जनाएको छ। प्रदेश नम्बर ५ विभाजन प्रस्तावको विरुद्धमा गठन भएको संयुक्त संघर्ष समितिले घटनाको निन्दा गर्दै आमहडतालको घोषणा गरेको छ। घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनिश्चितकालका लागि आमहड्ताल गरिएको संघर्ष समितिका देवदहका अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए।
अज्ञात समुहले देवदह नगरपालिका–३ निवासी तिवारीमाथि सोमबार दिउँसो साढे तीन बजे गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।
देवदह–३ मा रहेको केविआई इट्टा उद्योगका सञ्चालक समेत रहेका उनलाई ०७२ साल फागुन ६ गते पनि हत्या प्रयास भएको थियो।
यसैबीच आफूले तिवारीको हत्या गरेको भन्दै मनोज पुन नाम बताउने व्यक्तिले सञ्चारकर्मी तथा प्रहरीलाई नै फोन गरेका छन्। आफू मलेसियामा रहेको र रिसइवीका कारण हत्या गरेको उनले बताएका थिए।